+
+
Shares

रोल्पा पुगेर गगनले भने : प्रचण्डको चकचक र उपद्रोका कारण कांग्रेस-एमाले मिल्यौं

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १६:५९
फाइल तस्वीर

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएको दाबी गरेका छन् ।

आइतबार रोल्पाको लिवाङमा आयोजित पार्टीको दोस्रो जिल्ला सम्मेलन तथा सभामा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

‘प्रचण्डको चकचक देखेपछि, उपद्रो देखेपछि आजित भएको कांग्रेस र एमालेले मिलेर अहिलेको सरकार बन्यो,’ महामन्त्री थापाले भने ।

साथै, उनले कांग्रेसले एमालेसँग गरेको समझदारी अनुसार ०८४ सम्म चल्ने पनि जिकिर गरे ।

‘एउटा प्रसंगले हामीलाई एकठाउँमा पुर्‍यायो । अब ०८४ सालसम्म हाम्रो तर्फबाट कुनै पनि चकचक हुँदैन, कुनै पनि उपद्रो हुँदैन,’ महामन्त्री थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?