+
+
Shares

सुरक्षा नभए काम रोक्ने निर्माण व्यवसायीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १८:१६

११ फागुन, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीमाथि निरन्तर आक्रमण भइरहेको भन्दै सुरक्षाको प्रत्याभूति नभए देशभरि निर्माणको काम रोक्ने चेतावनी दिएको छ ।

८ फागुनमा एकदुम्जा–मरिणखोला–कपिलकोट–लालबन्दी सडक सिन्धुलीको निर्माण स्थलमा निर्माण व्यवसायी श्रीजयन्ती–बिरुवा–ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहले हातहतियार सहित आक्रमण गरी गम्भीर घाइते बनाएको महासंघले उल्लेख गरेको छ ।

देशभरिका सरोकारवाला निकायमा यस्तो घटनाबारे बारम्बार जानकारी गराए पनि घटना नरोकिएको महासंघको भनाइ छ ।

महासंघले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन, पीडितलाई क्षतिपूर्ति दिन र देशभरिका व्यवसायीलाई सुरक्षा प्रत्याभूति दिलाउन समेत माग गरेको छ ।

यस्ता गतिविधि नरोकिए देशभरिका निर्माण कार्य ठप्प पारी आन्दोलनमा उत्रिने चेतावनी महासंघको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?