+
+
Shares

अवैधानिक प्रक्रियाबाट बेलायत नजान विभागले गरायो सचेत

अहिले सरकारले बेलायतमा मौसमी कामदार पठाउनेबारे कुनै नीतिगत निर्णय नगरेको समेत स्पष्ट पारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १८:२८

११ फागुन, काठमाडौं । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ ।

बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी सचेत गराएको हो ।

अहिले सरकारले बेलायतमा मौसमी कामदार पठाउने बारे कुनै नीतिगत निर्णय नगरेको समेत स्पष्ट पारेको छ ।

‘यस्तो काम कानुनसम्मत नहुने भएकाले कुनै पनि संस्था वा व्यक्तिसँग कुनै रकम लेनदेन नगर्न, अवैधानिक प्रक्रियाबाट जाने सोच वा योजना नबनाउन समेत अनुरोध छ,’ विभागले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?