+
+
Shares

ललितपुरमा त्रिशक्ति सेक्युरिटिजको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते १९:१४

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेडले ललितपुरमा शाखा विस्तार गरेको छ ।

कम्पनीका अनुसार ललितपुर महानगरपालिका-५  स्थित जावलाखेलमा आफ्नो ५औं शाखा स्थापना गरेको हो ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अध्यक्ष शोभाकान्त पौडेलले सेयर बजारको जोखिम तथा प्रतिफलबारे आफ्नो धारणा राखेका थिए ।

नेपालमा पूँजीबजारको धेरै सम्भाव्यता रहेको र क्रमशः धेरै कुराको विकास भइरहेको उनले बताए । हालै पूँजीबजारको विकासमा ब्रोकर कम्पनीहरूको योगदान उल्लेखनीय रहेको बताउँदै उनले त्रिशक्ती सेक्युरिटिजको सेवा विस्तारले लगानीकर्तालाई अझ सहजता दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा लगानीकर्ता दीपक रिमालले सेयर बजारको महत्त्व तथा औचित्यता माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा कम्पनीका मेनेजिङ्गी डाइरेक्टर गोविन्द दाहालले सेवा विस्तारमार्फत् लगानीकर्ताको पहुँचलाई सहज तुल्याउने प्रतिबद्धता जनाउँदै सम्पूर्ण लगानीकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने आश्वासन दिए ।

कार्यक्रमको अध्यक्षता कम्पनीको संस्थापक अध्यक्ष टंकप्रसाद गौतमले गरेका थिए ।

कम्पनीले यसअघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा, महेन्द्रनगर, हेटौंडाबाट डिम्याट, टीएमएस लगायतमा सेयर कारोबार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?