+
+
Shares

युट्युबमा फर्किए अदालतको आदेशपछि हटेका ‘लाज शरणम्’का टिजर र गीत

ट्रेलर रिलिजमा अन्योल

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते २०:१७

काठमाडौं । पाटन उच्च अदालतको आदेशपछि रोकिएको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार पुनः सुरु भएको छ । युट्युब प्लाटफर्मबाट हटाइएका टिजर र गीतलाई पुनः सार्वजनिक गर्दै निर्माताले पब्लिसिटी थालेका हुन् ।

आइतबार बेलुकादेखि फिल्मको टिजर र गीत ‘हेर्दा हेर्दैमा’ पुनः युट्युबमा देखापर्न थालेका छन् । निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख अर्जुन घिमिरे पाँडेले युट्युबमा टिजर फर्किएसँगै प्रचार सुरु भएको बताए ।

उनका अनुसार, ट्रेलर रिलिजबारे अन्योल छ । ट्रेलर नआउने सम्भावना बलियो रहेको उनले बताए । केन्द्रीय चलचित्र जाँच समितिले आइतबार बिहान प्रदर्शन अनुमति दिएसँगै फिल्मको प्रचारप्रसारमा लागेको रोक हटेको थियो ।

पूर्वमन्त्री अफताव आलमको मुद्दामा अदालती सुनुवाइपछि यसअघि प्रचारप्रसार रोकिएको थियो । घिमिरेका अनुसार सोमबार अपरान्हदेखि फिल्मको एड्भान्स टिकट विक्री सुरु हुनेछ । अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको सेभेन सिज इन्टरनेसनलले टुंगो लागेका अन्तर्राष्ट्रिय बजारको सूची पनि ल्याउँदैछ ।

कुमार कट्टेल निर्देशित यो फिल्म बुधबार प्रदर्शन तयारीमा छ । रिलिज हुन २ दिन बाँकी रहँदा निर्मातालाई ट्रेलर र प्रचारप्रसारको धपेडी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?