+
+
Shares

नागार्जुनमा घाइते कुकुरलाई यातना दिएर मारेको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ११ गते २०:४१

११ फागुन, काठमाडौं । काठमाडौंको नागार्जुनमा घाइते कुकुरलाई तड्पाएर मारेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त स्वयम्भूमा तीनजनाविरुद्ध जाहेरी परेको थियो । एक जनाको घटनास्थलमा उपस्थिति नदेखिएको भन्दै छाडिएको छ ।

दुई जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । प्रहरी हिरासतमा रहनेमा सुरेन्द्र भुजेल र सरिना पौडेल रहेका छन् ।

शुक्रबार नागार्जुन नगरपालिका–६ मा घाइते कुकुरलाई लखेटी लखेटी जालीले छोपेर तड्पाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

क्रुरतापूर्वक कुकुर मारेको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि यसको चौतर्फी आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?