+
+
Shares

मोरङ केराबारी स्टेशनको वर्षा मापन गलत*

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते ७:५४

१२ फागुन, काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायु पनि सक्रिय भएपछि देशका केही ठाउँमा वर्षा हुन थालेको छ ।

जल तथा मौसम विज्ञान विभागले गत २४ घण्टामा हल्का, मध्यमदेखि अति भारी वर्षा भएको जनाएको थियो । तर, देशका केही ठाउँमा मध्यम वर्षा भए पनि मोरङको केराबारी स्टेशनको मापन गलत भएको पाइएको छ ।

केराबारीको स्टेशनमा ४०१.२ मिलिमिटर मापन भएको थियो । यो अति भारी वर्षा हो । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । तर, यो मापन गलत भएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले केराबारीको स्टेशनमा गरिएको मापन गलत भएको बताए । तर, के कारणले यस्तो समस्या आयो भन्ने बारेमा बुझ्ने काम भइरहेको उनले बताए । ‘त्यो मापन  मिस्टेक नै हो । के समस्या भएको हो हामी बुझ्दैछौं’, उनले भने ।

उनका अनुसार उक्त क्षेत्रमा १८ मिलिमिटर वर्षा भएको छ तर त्यहाँको स्टेशनको मापनमा अस्वभाविक देखियो ।

*विभागको डाटा अनुसार यसअघि  प्रकाशित समाचार सच्याइएको छ । विभागले नै स्टेशनको मापनमा समस्या देखिएको बताएपछि समाचार सच्याइएको हो । -सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?