+
+
Shares

कैलालीमा ३१ लाखका चोरीका सवारीसाधन बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते ९:५४

१२ फागुन, धनगढी । कैलाली प्रहरीले झन्डै ३१ लाख मूल्य पर्ने चोरीका सवारीसाधन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिकासहितका स्थानबाट अवैध रुपमा चलाइएका चोरीका सवारीसाधन बरामद गरेको जनाएको छ ।

बरामद गरिएका मध्ये एउटा स्कारपियो र ९ वटा मोटरसाइकल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

उनकाअनुसार करिब २० लाख मूल्य पर्ने बा. प्र. ०१-०३१ च २७२६ नम्बर प्लेट टासेको अवस्थामा धनगढी उप-महानगरपालिका-७ बाट स्कारपियो बरामद गरिएको थियो ।

तर, यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुरमा बुझ्दा उक्त नम्बरको गाडीको इन्जिन नम्बर र च्यासिस नम्बर मेल नखाएकाले स्कारपियोलाई भन्सार ऐन नियम बमोजिम आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको एसपी विष्टले बताए ।

यस्तै, धनगढी उपमहानगरपालिका–९ बाट अन्दाजी १० लाख ८० हजार बराबरका मोटरसाइकल पनि बरामद गरिएको छ । बरामद गरिएका मोटरसाइकलमा युपी १४ एफडब्लु ३५८१ भारतीय नम्बरको र अन्य नेपाली नम्बर प्लेटका मोटरसाइकल रहेका छन् ।

प्रहरीकाअनुसार बा ९० प २३४०, बा ९७ प ५०४६, से.६ प ९३२७, सु.प.प्र.०१–०११ प १६८७, से.१ प ७४११, से.२ प ३७३३, बा.प्र. ०२–०२० प ७९४ र सु.प.प्र. ०१–०१० प ८५६६ नम्बर टासेका मोटरसाइकल बरामद गरिएको हो ।

ती मोटरसाइकलबारे यातायात व्यवस्था कार्यालयमा बुझ्दा इन्जिन नम्बर र च्यासिस नम्बरहरु मेल नखाएपछि आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?