
१२ फागुन, काठमाडौं । दोस्रो बजारमा कुल २४६ कम्पनीको सेयर कारोबार हुँदै आएको छ ।
यीमध्ये करिब सबैजसो कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणमा उल्लेख हुने प्रतिसेयर आम्दानी (ईपीएस) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण सूचक मानिन्छ ।
कम्पनीले नाफा गरेको रकमलाई जारी भएको सेयर संख्याले भाग गरेपछि प्रतिसेयर आम्दानी निस्किन्छ । लगानीकर्ताको एक कित्ता सेयरवापत कम्पनीले गरेको आम्दानी नै प्रतिसेयर आम्दानी हो ।
कम्पनी सञ्चित नोक्सानीमा नरहेको अवस्थामा प्रतिसेयर आम्दानी जति धेरै, त्यति नै बढी प्रतिफल पाउने सम्भावना रहन्छ ।
प्रतिसेयर आम्दानीका आधारमा अब्बल १० कम्पनीमा ७ सेक्टरका एउटा पनि पर्न सकेका छैनन् । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, अन्य, व्यापार, जीवन बीमा सेक्टरका एउटा पनि पर्न सकेको छैन ।
ईपीएसका आधारमा टप १० कम्पनीमा माइक्रोफाइनान्स सेक्टरका सबैभन्दा धेरै ४ वटा पर्न सफल भएका छन् । त्यस्तै दुई हाइड्रोपावर कम्पनी, एक लगानी, दुई उत्पादन र एक निर्जीवन बीमा कम्पनी छन् ।
बजारमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको कम्पनी युनिलिभर नेपाल हो । मूल्यका आधारमा पनि यो सबैभन्दा महँगो कम्पनी हो ।
प्रतिसेयर आम्दानीका आधारमा अब्बल १० कम्पनी
कम्पनी | वार्षिक प्रतिसेयर आम्दानी | बजार मूल्य |
युनिलिभर नेपाल | २,१८१.९८ | ४६,५०० |
राष्ट्रिय बीमा कम्पनी | २६०.०४ | १५,१३२ |
महिला लघुवित्त | ६७.३७ | २,४३९ |
नेपाल ल्युब आयल | ६०.२९ | २५१.८० |
सीईडीबी होल्डिङ्स | ४०.५१ | २,३८५ |
माउन्टेन इनर्जी | ३९.३५ | ६०१ |
ग्लोबल आईएमई लघुवित्त | ३८.२४ | १,३८० |
ग्रामीण विकास लघुवित्त | ३७.६३ | ९१४ |
साहस ऊर्जा | ३७.५६ | ५०४.८० |
युनिक नेपाल लघुवित्त | ३६.९० | २,६६१ |
स्रोत : सार्वजनिक अपरिस्कृत दोस्रो त्रैमासिक वित्तीय विवरण
प्रतिक्रिया 4