+
+
Shares

लाइट उपकरण बिग्रिंदा काठमाडौं विमानस्थलमा उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १०:४४

१२ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्गमा जहाजको सजीकरणका राखिने लाइट बिग्रिंदा उडान/अवतरण प्रभावित भएको छ । जसले गर्दा विमानस्थल बिहान ८ बजेपछि करिब ४५ मिनेट अवरुद्ध भएको थियो । अहिले लाइट मर्मत गरी उडानअवतरण सुरु गरिएको छ ।

बिहानका रोकिएका कारण अहिले निर्धारित उडानहरू ४५ मिनेटदेखि १ घण्टासम्म डिले गरी उडिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

‘अहिले उडान सुरु भए पनि बिहानको प्रभावले जहाजहरू डिले भएका छन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?