+
+
Shares

माओवादी सांसदको प्रश्न : ऊर्जा मन्त्रालयमा के भइरहेको छ ?

उज्यालो नेपाल बनाउनु कुलमानको गल्ती हो ?

‘कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तो ऊर्जा मन्त्रालयमा के भइरहेको छ ?’ सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद पौडेलले प्रश्न गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १४:०६

१२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवाद केन्द्रका सांसद देवेन्द्र पौडेलले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा के भइरहेको छ भनेर सोधेका छन् ।

‘काहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तो ऊर्जा मन्त्रालयमा के भइरहेको छ ?’ सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद पौडेलले प्रश्न गरे ।

दूधकोशी जलविद्युत आयोजनाका सीईओ विमल गुरुङलाई कारबाही गरिएको हो कि निष्कासन के गरेको हो भनेर उनले सोधे । ऊर्जा मन्त्रीको आलोचना गरेको कारण जिम्मेवारीबाट हटाएको भनेर पत्र सार्वजनिक भएको उनले बताए ।

‘विद्युत नियमन आयोगले महसुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ?’ पौडेलको अर्को प्रश्न छ । जसले महसुल तिर्दैन उसैको लाइन नकाट्न भनेर नियमन आयोगले निर्देशन दिएको भन्दै उनले यस्तो निर्देशन किन गरियो भनेर पनि जिज्ञासा राखेका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आजै हटाइन्छ, भोलि नै हटाइन्छ भनेर सरकारमा बसेकाहरूले नै हल्ला चलाउने र काम गर्न नदिने अवस्था बनाएको उनले दावी गरे । ‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ, पर्सि हटाइन्छ भनेर हल्ला गरेको सुनिन्छ,’ उनले भने ।

सांसद पौडेलले अन्धकारमा रहेको मुलुकलाई उज्यालो दिलाएर कुलमानले के गल्ती गरे ? भन्दै प्रश्न गरेका थिए । ‘उज्यालो नेपाल बनाएर के गल्ती गरे ? घाटामा गएको नेपाल विद्युत प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे ? मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गल्ती गरे ? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले ?’ पौडेलका प्रश्न छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?