+
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता :

नेपाल र म्यानमारबीचको फाइनल खेलको टिकट मूल्य दोब्बर

२०८१ फागुन  १२ गते १४:२३ २०८१ फागुन १२ गते १४:२३
नेपाल र म्यानमारबीचको फाइनल खेलको टिकट मूल्य दोब्बर

१२ फागुन, काठमाडौं । काठमाडौंमा जारी चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलका लागि टिकट मूल्य तोकिएको छ । दर्शकले लिग चरणका खेलहरूभन्दा टिकट मूल्य दोब्बर तिर्नुपर्ने छ ।

प्रतियोगिताको फाइनलमा बुधबार नेपाल र म्यानमार खेल्दै छन् । यसअघि साधारणतर्फ ५०० र भीआईपीतर्फ १००० रुपैयाँ तोकिएको थियो । फाइनलका लागि भने साधारणतर्फ १००० र भीआईपीतर्फ २००० रुपैयाँ टिकट मूल्य तोकिएको छ ।

एन्फा महासचिव किरण राईले फाइनल खेलको टिकट मूल्य पहिले नै १ हजार र २ हजार तोकिएको बताए । ‘नेपाल फाइनल पुगेमा टिकट मूल्य १ हजार र २ हजार राख्ने भनेर पहिल्यै तोकिएको थियो, त्यही अनुसार भएको हो’ महासचिव राईले अनलाइनखबरसँग भने, ‘तर ब्राण्ड लजिकसँग सम्झाैता अनुसार उनीहरुले पाउने ५०० र १००० मात्र हो । आधा रकम फुटबल विकासका लागि एन्फालाई दिने सहमति भएको छ।’

फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता भइरहेको छ । नेपाल र म्यानमार अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।

रंगशालामा नेपालको खेल हेर्न पहिलो दिन ७ हजार हाराहारीमा दर्शक आएका थिए भने दोस्रो खेलमा ११ हजार र तेस्रो दिन १२ हजारभन्दा बढी दर्शक उपस्थित थिए ।

फाइनल खेलमा यस्तै संख्यामा दर्शकको उपस्थिति हुने अनुमान छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय