+
+
Shares

कसरी भयो ‘रिप्ड जिन्स’ फेसनको सुरुवात ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १४:३१

सेलिब्रेटीदेखि आजको पुस्ताका केटा–केटीहरू घुँडा र खुट्टातिर जताततै फाटेको ‘रिप्ड जिन्स’ लगाउँछन् । सर्लक्स परेको जिन्स छाडेर फाटेको जिन्स लगाउने चलन कसरी आयो ? यो चलन कसरी यति लोकप्रिय भयो ? च्यातिएको जिन्स सामान्य जिन्स भन्दा महँगो किन हुन्छ ?

रिप्ड जिन्सको इतिहास

जिन्स लगाउने चलन सन १८७० मा सुरुभयो । यो जर्मन व्यापारी लोएब स्ट्राउड्सले डिजाइन गरेका थिए, जसले आफ्नो नाम लेवीमा परिवर्तन गरे । त्यसपछि डेनिम ब्रान्डको संस्थापक बने । तर रिप्ड जिन्स भने १०० वर्षपछि अर्थात् सन १९७० मा अस्तित्वमा आयो ।

पहिले कसैले फाटेको जिन्स लगाएमा उसको खिल्ली उडाइन्थ्यो वा गरिब मानिन्थ्यो । तर सन १९७० पछि, रिप्ड जिन्स लगाउने फेसन सुरुभयो ।

अहिले मानिसहरू फेसनेबल देखिनका लागि घुँडाको छेउमा आफैँ च्यातेर पनि जिन्स लगाउन थालेका छन् । पछि कम्पनीहरूले रिप्ड जिन्सलाई डिस्ट्रेस्ड जिन्स पनि भन्नथाले । यो २१औँ शताब्दीको सबैभन्दा लोकप्रिय फेसन प्रवृत्ति भएको छ ।

पंक युगमा सुरु भएको सँस्कृति

रिप्ड जिन्सको संस्कृति पंक युगमा सुरु भएको भनिन्छ । पप संस्कृतिको कारण, बिटल्स, रामोन्स आदि जस्ता धेरै रक स्टारहरूले यसलाई विश्वभर प्रसिद्ध बनाए । गीतबाट समाजप्रतिको आक्रोश देखाउन उनीहरूले च्यातिएको जिन्स लगाएका थिए ।

बिस्तारै यो लुक फेसनमा आयो । साथै, धेरै विदेशी फेसन वेबसाइटहरूमा यो भनिएको छ कि–हार्ड रक १९९० मा हेभी मेल्ट ऐरा र २००० मा ग्रेन्ज युगमा पनि रिप्ड जिन्सको संस्कृति बढेको थियो ।

चलन सन् २०१० मा फर्कियो

रिप्ड जिन्सको चलन हराएको थियो तर सन् २०१० मा फेरि रिप्ड जिन्सको चलन आयो । तर अब यसको नाम डिस्ट्रेसर जिन्स थियो र डिजेल र बलम्यान जस्ता डिजाइनरहरूले यसलाई पुनः लञ्च गरे ।

कतिपय सुपर मोडलहरूले रिप्ड जिन्स लगाएर अन्तर्राष्ट्रिय फेसन सोहरू गरे । त्यसपछि फेरि यो युवाको पहिलो रोजाइ बन्यो । अहिले बजारमा धेरै ब्रान्डमा रिप्ड जिन्स उपलब्ध छन् । रिप्ड जिन्सको बजार यति ठूलो मात्रामा हुनुको कारण आजकल प्रयोग भइरहेको डेनिममा प्वाल बनाएर आकर्षक आकार बनाएर लाउने चलन पनि हो ।

रिप्ड जिन्सको प्रारम्भिक फेसनमा, तिनीहरू घुँडादेखि च्यातिन्थ्यो, तर अहिले तिनीहरू तिघ्रा, खुट्टादेखि हिपसम्म च्यातिएका हुन्छन् । ‘बट’हिपबाट च्यातिएको रिप्ड जिन्सलाई बट रिप्ड जिन्स भनिन्छ । रिप्ड जिन्सको फेसनमा, बट रिप्ड पनि सामाजिक सञ्जालमा धेरै ट्रेन्डिङ भइरहेको छ । प्रायः सेलिब्रेटीहरूले लगाउने गरेको रिप्ड ब्रान्डेड जिन्सको मूल्य ३ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म हुन्छ ।

 कसरी बन्छ रिप्ड जिन्स ?

रिप्ड जिन्स बनाउन, प्वालहरू दुई तरिकामा बनाइन्छ । एउटा लेजर र अर्को हातले । सस्तो डेनिम बनाउन सस्तो सामान प्रयोग गरिन्छ । यसलाई रिप लुक दिन लेजर प्रयोग गरिन्छ, र महँगो ब्रान्डेड सामानहरू बनाउन कामदारहरूले आफ्नो हातले नै काट्छन् र अन्तिम टच दिन चिमटीको प्रयोग गरिन्छ ।

विभिन्न प्रकारका रिप्ड जिन्स

यदि रिप्ड जिन्स लगाउन मनपर्छ भने यसका भिन्नता पनि थाहा पाउनुपर्छ । सबै रिप्ड जिन्स एउटै हुँदैनन् । विभिन्न प्रकारका प्वालहरूले तिनीहरूलाई एक–अर्काबाट फरक पार्छन् ।

स्क्र्याप : यो कपडाको सानो च्यातिएको भाग हो । यहाँ कपडालाई माथिल्लो सतहबाट मात्र हटाइन्छ र कपडा भित्र जोडिन्छ ।

टुक्रा : यहाँ जिन्समा केही ठाउँमा धागोहरू फैलिएका हुन्छन् । यहाँ यो जालीदार धागोको जाल जस्तै हुन्छ ।

प्वाल : यो एक उचित प्वाल हो जुन घुँडा वा तिघ्रा क्षेत्रमा हुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?