+
+
Shares

ट्रम्पको अभिव्यक्तिबारे माओवादीले सरकारको धारणा माग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १४:२७
फाइल तस्वीर

१२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवाद केन्द्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिका सम्बन्धमा सरकार बोल्न आवश्यक रहेको बताएका छन् ।

पार्टीका तर्फबाट सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले सरकार मौन रहन नहुने बताए ।

‘दुई देशको बीचको समझदारी अनुसार, सम्झौता अनुसार लागू गरिएका योजनाहरूलाइ एक पक्षीय ढंगले अमेरिकाले स्थगित गर्नु र फ्रड भन्ने कुरा वास्तवमा कुटनीतिक मर्यादा विपरीत छ । यसका सन्दर्भमा नेपाल सरकार बोल्न जरुरी छ । यसका बारेमा मुख खोल्न जरुरी छ,’ सांसद घर्तीमगरले भने ।

जनवरी २० मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यी आदेशमध्ये केही वैदेशिक अनुदान रोक्नेसँग सम्बन्धित थियो ।

केही दिनअघि मात्रै मस्कको नेतृत्वको प्रशासनिक दक्षता विभाग (डज)ले नेपाल, भारत, बंगलादेश लगायत विश्वका कयौँ देशलाई अनेक शीर्षकमा दिँदै आएको सहायता रोकेको छ ।

डजले नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको रकम पनि रोकेको छ ।

राष्ट्रपति ट्रम्पले नेपाललाई दिँदै आएको रकम रोक्का गर्नुको कारण दिने क्रममा फ्रड भनेका हुन् । डजले नेपाललाई वित्तीय संघीयताका लागि र जैविक विविधता संरक्षणका लागि सहयोग दिँदै आएको थियो । यसैलाइ ट्रम्पले ‘फ्रड’ भनेका हुन् ।

यसबारे नेपाल सरकारले आधिकारिक रुपमा कुनै पनि प्रतिक्रिया जनाएको छैन । तर, मौन बस्न नहुने भनेर प्रमुख प्रतिपक्षी माओवाद केन्द्रले सरकारको ध्यानाकर्षण गरेको हो ।

सांसद घर्तीका अनुसार संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडी १९५१ देखि सञ्चालन हुँदै आएको छ । राष्ट्रपति ट्रम्पले अमेरिका ‘अब युद्धतिर होइन अमेरिकाको आर्थिक समृद्धिको दिशातिर जानुपर्छ’ भन्ने रणनीति अन्तर्गत नेपालमा सञ्चालित एमसीसी, वित्तीय संघीय सुद्धीकरण र जैविक विधिता संरक्षण लगायतका कार्यक्रमहरूलाई स्थगन गरेका हुन् ।

स्थगित मात्रै मात्रै नगरेर नेपालमा सञ्चालित ति नियोगहरूलाई, आयोजनाहरुलाई फ्रड भनेर ब्याख्या गरेकोमा घर्तीले आपत्ति जनाएका हुन् ।

ट्रम्पले ‘फ्रड’ भनेका आयोजनाहरू र परियोजनाहरूबारे संसदीय विशेष समिति बनाएर छानबिन हुनुपर्ने पनि उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?