+
+
Shares

स्वर्णिम वाग्लेको अभिव्यक्तिमाथि संसद्‍मा नियमापत्ति

यही ६ फागुनमा प्रतिनिधिसभामा विशेष समयमा बोल्दा वाग्लेले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १४:४८

१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेको अभिव्यक्तिमाथि संसद्‍मा नियमापत्ति भएको छ ।

यही ६ फागुनमा प्रतिनिधिसभामा विशेष समयमा बोल्दा वाग्लेले भारतमा अध्ययनरत छात्रा प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

श्रद्धाञ्जली दिने क्रममा उनले गलत शब्द प्रयोग गरेका थिए । ‘प्रकृति लम्सालको असामयिक निधन भएको’ भनेका उनले प्रकृतिप्रति श्रद्धाञ्जली प्रकट गर्नेक्रममा गलत शब्द प्रयोग गरेका थिए ।

वाग्लेको त्यस्तो अभिव्यक्तिमाथि सोमबार प्रतिनिधिसभामा नियमापत्ति भएको हो ।

सोमबार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वाग्लेले प्रयोग गरेका शब्दप्रति नियमापत्ति गरेका हुन् । त्यस्तो शब्द हटाउन समेत उनले माग गरे ।

त्यसपछि सभामुख देवराज घिमिरेले त्यस्तो के भएको रहेछ भनेर हेर्न संसद् सचिवालयलाई निर्देश गरे । गलत भएको रहेछ भने गलत शब्द सच्याउन समेत निर्देश गरे ।

त्यसदिन वाग्लेले दिएको अर्को अभिव्यक्ति पनि विवादित बनेको छ ।

सांसद वाग्लेले संवैधानिक प्रक्रिया अनुसार राजदूतको जिम्मेवारीमा पुगेकाहरूलाई ‘बोलकबोल र गोजीबाट बनाइएका राजदूतहरू’ भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?