+
+
Shares

साढे ५ किलो चाँदी र १० लाखसहित चार भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १४:५५

१२ फागुन, काठमाडौं । साढे किलो चाँदीसहित चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा देश भारत महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौं महानगरपालिका–२४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेती छन् ।

काठमाडौं महानगरपालिका–२४ स्थित एक घरमा अवैध रूपमा भन्सार छली तथा निकासी पैठारी गरी ल्याइएको सुन र चाँदीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्वरूपमा रहेको २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम सुन, ५ किलो ६ सय ग्राम चादी र नगद १० लाख ७५ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?