+
+
Shares

योगेश भट्टराईको प्रस्ताव : सशस्त्र सुरक्षा बल भनौं, प्रहरी शब्द हटाऊँ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १५:०३

१२ फागुन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सशस्त्र प्रहरी बल नेपालको नामाकरणमा सच्याउने प्रस्ताव गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नभनेर सशस्त्र सुरक्षा बल नेपाल भन्न सकिने उनको आग्रह छ ।

सोमबार प्रतिनिधिसभामा सशस्त्र प्रहरी बल नेपाल विधेयक २०८१ माथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

‘हामी यसलाई अर्ध सैनिक बल भनिराख्या छौं भने यो प्रहरी भन्ने शब्द यहाँ मिल्दैन कि !’ उनले भने । यद्यपि, यसलाई संविधानबाट नै हेर्नुपर्ने हुन सक्ने उनले बताए ।

‘यदि हामीले जब अर्ध सैनिक भन्छौं भने यसलाई सशस्त्र सुरक्षा बल नेपाल मात्रै पनि भन्न सकिन्छ’ सांसद भट्टराईको प्रस्ताव छ ।

प्रहरी राख्दा दुई वटा प्रहरी संगठन जस्तो देखिएको उनले बताए ।

‘हामीसँग अर्को प्रहरी संगठन छँदैछ जसले सामुदायिक प्रहरीको रुपमा अथवा अपराधको अनुसन्धानको रूपमा काम गरेको छ । त्यसको एउटा आफ्नो एउटा लामो ७० वर्षदेखिको इतिहास छँदैछ,’ उनले भने ।

यसकारण पनि सशस्त्र प्रहरी बल नभनेर शसस्त्र सुरक्षा बल भन्दा उपयुक्त हुने उनको आग्रह छ । ‘यसलाई सशस्त्र सुरक्षा बल भनेर राखियो भने यसको भावना ठीक ढंगले प्रतिनिधित्व हुन्छ भन्ने लाग्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?