+
+
Shares

उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट युनियन विजयी

सुभाष कोइरालाको नेतृत्व रहेको संगठनले २ सय २ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघले १ सय ९४ पायो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १५:०७

१२ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक कर्मचारी ट्रेड युनियन निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन विजयी भएको छ ।

सुभाष कोइरालाको नेतृत्व रहेको संगठनले २ सय २ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघले १ सय ९४ पायो ।

नेकपा एमाले निकट कर्मचारी संगठनले १ सय ५३, मधेश तराई कर्मचारी युनियनले २२ र कर्मचारी एकता मञ्चले ५ मत प्राप्त गरेका छन् ।

आधिकारिक ट्रेड युनियनको कार्यकाल दुई वर्षे हुन्छ । नवनिर्वाचित टिमले सुशासन सहित सक्षम र एकीकृत प्राधिकरण निर्माण तथा कर्मचारी हकाधिकार सुनिश्चितता सवालमा ऐतिहासिक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?