+
+
Shares

नागढुंगाबाट सुनसहित एक भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १५:१६

१२ फागुन, काठमाडौं । नागढुंगाबाट सुनसहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश गोण्डा बस्ने ३० वर्षीय रोकश कुमार छन् ।

उनीबाट ३५४ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई आइतबार राति साढे ९ बजे पक्राउ गरेको हो ।

उनी रुपदेन्हीको सुनौलीबाट काठमाडौं आउँदै गरेको लु २ ख ४४१५ नम्बरको बसमार्फत काठमाडौं आउँदै थिए ।

पक्राउ परेका उनलाई कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?