+

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप मंगलबारदेखि

२०८१ फागुन  १२ गते १५:५३ २०८१ फागुन १२ गते १५:५३
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप मंगलबारदेखि

१२ फागुन, काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२४-२५ को पाँचौं कार्यक्रम सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप मंगलबार गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ । ७२ होलमा खेलाइने प्रतियोगिता २८ फेब्रुअरीमा समापन हुनेछ ।

३० प्रोफेसनल गल्फरहरू सहभागी हुने च्याम्पियनसिपमा ३६ हलहरू पूरा गरेपछि कट लागू गरिनेछ, शीर्ष २१ मा पर्ने प्रो र टाईहरूसँगै प्रो कट सरभाइभ गर्ने शीर्ष एमेच्योरहरूले अन्तिम ३६ होलको यात्रा तय गर्नेछन् ।

च्याम्पियनसिपको कुल पुरस्कार राशी ८ लाख ८२ हजार रहेको छ । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रोले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्नेले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

प्रोफेसनलहरू भुवन नगरकोटी, निरज तामाङ, रवि खड्का, दिनेश प्रजापति, जयराम श्रेष्ठ, धन थापा र सञ्जय लामाले आगामी केही दिन उच्चस्तरीय गल्फ प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । उनीहरूले शीर्ष वरियताका एमेच्योर सदभाव आचार्य र राहुल विश्वकर्माको कडा चुनौती सामना गर्नेछन्।

एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले खेलको स्तर बढ्दै गएको र यस वर्षको प्रदर्शन एमेच्योर र प्रोफेसनल दुवैतर्फबाट निकै राम्रो र रोचक प्रदर्शन भइरहेको उल्लेख गरे ।

‘खेलको विकासका लागि उत्कृष्ट प्रतिस्पर्धा भएको छ। सुरुमै म हाम्रो प्रायोजक सुर्य नेपाल प्रालिलाई प्रायोजनलाई निरन्तरता दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु’ उनले भने ।

सुर्य नेपाल एनपीजीए टुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय