
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मतदातासँग माफी मागेका छन् ।
सोमबार प्युठानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले अघिल्लो निर्वाचनमा मतदातालाई फरक चिह्नमा मतदान गर्न लगाएकोमा माफी मागेका हुन् ।
‘२०७९ सालमा हामीले पाँचवटा पार्टीसँग मिलेर गठबन्धन गर्यौं । त्यो गल्ती थियो । म प्युठानका तमाम साथिहरूसँग आज माफी माग्न चाहन्छु । हामीले तपाईंहरूलाई रुख चिह्नमा मत हाल्न नलगाएर गिलासमा हाल्न लगायौं । त्यो गल्ती थियो । म माफी माग्न चाहन्छु,’ थापाले भने ।
उनले अबको निर्वाचनमा यस्तो गल्ती नगर्ने पनि बताए । ‘हामीले अघिल्लोपटक गल्ती गर्यौं, अब यस्तो गल्ती दोहोर्याउँदैनौं,’ थापाले भने ।
उनले प्युठानमा कांग्रेसको एउटा पनि व्यक्तिले अर्को कुनै चुनाव चिह्नमा मत नहाल्ने जिकिर गरे । ‘तर, यसका लागि ताली बजाएर मात्रै हुँदैन,’ महामन्त्री थापाले भने, ‘हामीलाई ८/१० हजार मत पुग्दैन, त्यसका लागि तयारी गरौं ।’
प्रतिक्रिया 4