+

तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता फागुन १६ र १७ गते हुने

२०८१ फागुन  १२ गते १६:१३ २०८१ फागुन १२ गते १६:१३
तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता फागुन १६ र १७ गते हुने

१२ फागुन, काठमाडौं । नेपाल डोरीतान संघ (नेपाल टग अफ वार एसोसियसन)को आयोजनामा यही फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता आयोजना हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै संघले भक्तपुरको सानोथिमीस्थित एसओएस हर्मन माइनर स्कूलको खेल मैदानमा प्रतियोगिता आयोजना हुने जनाएको हो ।

प्रतियोगितामा विभिन्न नगर, जिल्ला र प्रदेश हुँदै छानिएर आएका ७ प्रदेशका सातवटा पुरूष टिम र ३ विभागीय तथा पाँचवटा महिला टिम तथा ३ विभागीय महिला टिम गरि कुल १८ टिमका १६२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

खेल पुरूषतर्फ ६४ केजी तौल समुह र महिलातर्फ ५८ केजी तौल समुहमा खेलाइने छ । महिलातर्फ कर्णाली र सुदूरपश्चिम प्रदेशको टोली सहभागी छैन ।

प्रतियोगिताको अनुमानित बजेट ३१ लाख रुपैयाँ रहेको जनाइएको छ । महिलातर्फ पहिलोपटक हुन लागेकाले पुरस्कार थोरैबाट सुरु गरेको संघका अध्यक्ष भवानी प्रसाद पाैडेलले जनाए ।

नेपालको पुरानो खेल भएपनि लामो समयदेखि ओझेलमा परेको डोरीतान खेलको विकास, विस्तार र प्रवर्द्धन गर्नु यस प्रतियोगिताको उद्देश्य रहेको छ । यस प्रतियोगिताले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास संघले लिएको छ ।

प्रतियोगितामा पुरूषतर्फ विजेता टिमले रु १ लाख नगद, उपविजेता टिमले रु ५० हजार प्राप्त गर्ने छन् भने महिलातर्फ विजेता टिमले रु ६० हजार नगद तथा उपविजेता टिमले रु ४० हजार नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नेछन् ।  प्रतियोगिताको समापन फागुन १७ गते राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले गर्ने छन् ।

पहिलो राष्ट्रिय प्रतियोगिता काठमाडौं र दोस्रो विराटनगरमा सम्पन्न भएको थियो ।

डोरीतान प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय