+
+
Shares

२०८१ को दण्डपाणि-नन्दकुमारी पुरस्कार अन्सारीलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १६:०१

१२ फागुन, काठमाडौं । २०८१ सालको दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार अधिवक्ता एवं मानव अधिकारकर्मी मोहना अन्सारीलाई प्रदान गरिने भएको छ ।

दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको कार्यसमितिको बैठकले सो निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जानकारी दिए ।

२०६२ सालमा स्थापित स्मृतिकेन्द्रले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय महत्त्वका विषयमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

यसभन्दा अघि इतिहासविद् ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य , इतिहासकार दिनेशराज पन्त , साहित्यकार डा. मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा.डा. सुरेशराज शर्मा लगायतले उक्त पुरस्कार पाएका थिए ।

आगामी १७ पागुनमा प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पुरस्कारको राशी ५० हजार रुपैंया रहेको छ ।

गोरखामा जन्मिएका दण्डपाणि अर्ज्याल इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता थिए । उनी र उनकी पत्नीको नाममा पुरस्कार स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?