+
+
Shares

निरस होइन, जनतासँग सजीव सम्बन्ध बनाउने अभियान हो : प्रचण्ड

झापाबाट तराई–मधेश जागरण अभियानको सुरुआत गर्दै प्रचण्डले जनतासँगको सम्बन्ध सजीव बनाउन लागिपरेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १६:०४

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि सुरु गरेको तराई–मधेश जागरण अभियान नीरस अभियान नहुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् ।

झापामा अभियानको सुरुआत गर्दै उनले जनतासँगको सम्बन्ध सजीव बनाउन लागिपरेको बताए ।

अभियान सुरुका लागि हुलाकी राजमार्गले तराई मधेश क्षेत्रका आदिवासी जनजातिसँग जोड्ने दाबी उनले गरे । ‘यो अभियान हुलाकी मार्गकेन्द्रित भन्यौं । त्यसमा पनि झापाको पनि सबैभन्दा होचो ठाउँबाट सुरु गर्‍यौं,’ उनले भने, ‘यसको विशेयष महत्व छ । हामीले हुलाकी मार्गभन्दा यो देशको आदिवासी समुदायको उहाँहरूसँग हाम्रो सम्बन्धन सुदृढ गर्ने, सीमा क्षेत्रका मधेशी जनतासँग हाम्रो सम्बन्ध अझ सुदृढ गर्नुपर्ने आवश्यकता छ भनेरै हो ।’

उनले अभियान कञ्चनपुरसम्म पुग्दा थारु, मुस्लिमलगायत सबै उतपीडित समुदायसँग सम्बन्ध सुदृढ हुने प्रचण्डको विश्वास छ । उनले भने, ‘त्यसपछि दक्षिणबाट पूर्वसम्म मध्यपहाडी लोकमार्गमार्फत पहाडी र हिमाली क्षेत्रका जनतासँगको राष्ट्रिय एकताको सन्देश दिन चाहन्छौैं ।’

उनले फरक प्रसंगमा सरकार असंवैधानिक गठबन्धनबाट बनेकोसमेत आरोप लगाए । ‘यो पुँजीपतिहरूको घुस खाएर बनेको सरकार हो । त्यसैले यो अप्राकृतिक सरकार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?