+
+
Shares

प्रहरी कुट्ने अखिल नेतालाई धरौटीमा छाड्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १७:३८

१२ फागुन, काठमाडौं । ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरूलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई छाड्न आदेश दिएको हो । रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

यो समूहले २४ माघको राति ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो ।

जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट कुटिएका थिए । दरबारमार्गस्थित केशरमहल बिटबाट ड्यूटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।

मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । तर, मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिदिएका थिए ।

आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई उनीहरुले हिर्काएका थिए । जोशीले समेत प्रहरीलाई औंलो ठड्याउँदै चेतावनी दिएको भिडियोमा प्रष्ट देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?