+
+
Shares

सहकारी ठगहरूमाथि कडा कारबाही गर्न सरकारसँग एकीकृत समाजवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १८:०२

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहकारी बचत रकम ठगी गर्नेहरूमाथि कडा कारबाहीको माग गरेको छ ।

केन्द्रीय कमिटी बैठकबाट पारित २० बुँदे प्रस्ताव मार्फत एकीकृत समाजवादीले सहकारी बचत रकम ठगहरूमाथि कारबाहीको माग राखेको हो ।

‘लाखौं जनताले सहकारीमा राखेको बचत डुबेको छ । त्यस्त भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र समन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ’, सार्वजनिक प्रस्तावमा भनिएको छ ।

महासचिव घनश्याम भूसालले सार्वजनिक गरेको २० बुँदे प्रस्तावमा सरकारले ल्याएको अध्यादेशहरूको विपक्षमा मतदान गर्ने पनि उल्लेख गरिएको छ ।

‘केन्द्रीय कमिटीको यो बैठक ती अध्यादेशहरूलाई प्रक्रिया र अन्तरवस्तु दुबै हिसाले विरोध गर्दछ र ती अध्यादेशहरू निर्णयार्थ पेश भएमा हाम्रो पार्टीले विरोधमा मतदान गर्ने कुरामा स्पष्ट पार्दछ’, वक्तव्यमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?