१२ फागुन, काठमाडौं । आयोजकको टिम केपी एफसी काठमाडौंमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा एनआरटी क्लबलाई १-० ले हराउँदै केपी एफसीले सेमिफाइनलमा स्थान बनाएको हो ।
ललितपुरको सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा केपी एफसीलाई जिताउन ६३औं मिनेटमा सुरज ज्यू ठकुरीले गरे । उनले बक्सबाहिर प्राप्त बलमा गरेको सशक्त भली सिधै पोस्टमा छिरेको थियो ।
प्रतियोगितामा मंगलबार पनि दुई खेल हुनेछन्। पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच र दोस्रो खेल दिउँसो ३ बजे साविक विजेता मच्छिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्।
प्रतिक्रिया 4