
१२ फागुन, काठमाडौं । साढे पाँच लाखभन्दा बढी औषधिजन्य लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुकरा ३३ वर्षीय सुधिर लामिछाने र पर्साका ३८ वर्षीय साइमन बनवारी छन् । उनीहरुलाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले ट्रामाडोलसहित पक्राउ गरेको हो ।
लामिछानेबाट ३० हजार क्याम्पसुल ट्रामाडोल र बनवारीबाट ५ लाख ३४ हजार १ सय क्याम्पसुल गरी ५ लाख ६४ हजार १ सय क्याम्पसुल ट्रामाडोल बरामद भएको थियो ।
टोखामा गोदाम नै राखेर लागु औषधको रुपमा ट्रामाडोल बिक्रि वितरण भएको पाइएपछि पक्राउ गरिएको ब्यूरोका एसपी नारायण अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4