
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य थपिएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम सोमबार विभागमा दश सदस्य मनोनीत गरेका हुन् । पार्टी केन्द्रीय सदस्य मधु आचार्य विभाग प्रमुख छन् ।
मनोनयन गरिएका सदस्यमा गीता सत्याल (ललितपुर), उमा थापा (बाँके), विनोद यादव (महोत्तरी), रविन राई (मोरङ), डा. हेमराज लामिछाने (चितवन) छन् ।
यसैगरी, पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरुङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरखबहादुर सुनार (जुम्ला) र निर्प खड्का (कैलाली) पनि विभागको सदस्यमा मनोनीत भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4