
१२ फागुन, काठमाडौं । पाँच कर्मचारी संगठनहरूले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार पौडेलको राजीनामा मागेका छन् ।
कर्मचारी संघका अध्यक्ष केशव अधिकारी, कर्मचारी संगठनका अध्यक्ष नवल सिंह साउद, लोकतान्त्रिक कर्मचारी संघका अध्यक्ष शारदा कडायत, कर्मचारी कल्याण परिषद्का अध्यक्ष पुष्करनाथ नेपाल र एकीकृत स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष गोपालसिंह धामीले केयूकेएलका प्रमुख कार्यकारी पौडेलको कार्यक्षमता प्रश्न उठाउँदै राजीनामा मागेका हुन् ।
केयूकेएलमा क्रियाशील ट्रेड युनियनहरूको तर्फबाट संयुक्त विज्ञप्ति निकालेर उनीहरूले सञ्चालक समितिसँग भएको कार्य सम्पादन करार सम्झौता अनुसार आकर्षक सेवा सुविधा लिए बमोजिम कम्पनी सञ्चालन गर्न असमर्थ भएको, बिजनेस प्लान दिन नसकेको लगायतका आरोप लगाएका छन् ।
कम्पनीको नीतिगत तथा संस्थागत सुधारका लागि क्रियाशील ट्रेड युनियनहरुले व्यवस्थापन बीच ३२ बुँदे मागहरुको सम्बन्धमा भएको सहमति तथा प्रस्तुत गरिएका सुझावहरु कार्यान्वयन गर्न उदासिन भएको, जनशक्ति व्यवस्थापन तथा परिचालन गर्न असफल भएको लगायतका आरोप पनि उनीहरूले लगाएका छन् ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4