+
+
Shares

काम खोज्दै दिनहुँ विदेशिन्छन् २२ सय बढी युवा

चालु आर्थिक वर्ष २०८१/८२ सात महिना (साउन–माघ) सम्म कुल ४ लाख ६५ हजार ५ सय ८ युवा विदेशिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १९:१९
तस्वीर : विकास श्रेष्ठ

१२ फागुन, काठमाडौं । नेपालबाट काम खोज्दै हरेक दिन औसत २ हजार २ सय १६ युवा विदेशिने गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/८२ सात महिना (साउन–माघ) सम्म कुल ४ लाख ६५ हजार ५ सय ८ युवा विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार माघमा मात्र ७२ हजार ४ सय ४१ ले श्रम स्वीकृति लिएका छन् । पुससम्म ३ लाख ९३ हजार ६७ ले श्रम स्वीकृति लिएकोमा माघसम्म कुल ४ लाख ६५ हजार ५ सय ८ ले श्रम स्वीकृति लिएका छन् । यो तथ्यांक अनुसार अहिले मासिक ६६ हजार ५ सय १ युवा विदेश जाने गरेको देखिन्छ ।

यसलाई दैनिक तथ्यांकमा हेर्दा २ हजार २ सय १५ जना विदेश जाने गरेको देखिन्छ । यस वर्ष गत आर्थिक वर्षको यसै अवधिको तुलनामा विदेश जाने युवा संख्या बढेको छ ।

गत वर्ष माघसम्म ४ लाख ५ हजार ५ सय ५२ युवाले श्रम स्वीकृति लिएका थिए । जस अनुसार मासिक ५७ हजार ९ सय ३६ युवा विदेशिन्छन् । जुन दैनिक १ हजार ९ सय ३१ हुन आउँछ ।

यस वर्ष माघमा मात्र ६५ हजार ३ सय ११ पुरुष र ८ हजार १ सय ३० महिला कामको खोजीमा विदेशिएका छन् । यस महिनामा ४४ हजार १ सय ८३ जनाले नयाँ श्रम स्वीकृति लिएका हुन् ।

यूएई प्रमुख गन्तव्य

यस वर्ष नेपालीको प्रमुख रोजाइ युनाइटेड अरब इमिरेट्स (यूएई) भएको देखिन्छ । विभागका अनुसार माघमा मात्र यूएईका लागि २५ हजार ३ सय ४ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा २ हजार ९ सय ४० महिला छन् ।

माघ मसान्तसम्म यूएईमा मात्र १ लाख ४८ हजार १ सय ३३ युवाले श्रम स्वीकृति लिएको तथ्यांक छ । युएईका लागि ३१.८२ प्रतिशतले श्रम स्वीकृति लिएको देखिएको छ ।

यूएईमा साउनमा १७ हजार ५ सय ४१, भदौ १८ हजार ६ सय ५, असोज १७ हजार ७ सय २४, कात्तिक २३ हजार ६९, मंसिर २४ हजार ७ सय ६९ र पुसमा २१ हजार २ सय ११ जनाले श्रम स्वीकृति लिएका छन् ।

यूएईएपछि कतार, साउदी अरब, कुवेत, मलेसिया, रोमानिया, जापान, क्रोएसिया सहित देशमा बढी नेपाली गएको तथ्यांक छ ।

कुन महिना कति विदेशिए ?

यस वर्ष साउनमा ५९ हजार ५ सय ७५ जना विदेशिएको तथ्यांक छ । भदौमा ५७ हजार ४ सय ९३, असोज ५३ हजार ५ सय २५, कात्तिक ७० हजार ९ सय ९०, मंसिर ८४ हजार २ सय २६ र पुसमा ६७ हजार २ सय ५८ जना विदेशिएका थिए ।

माघमा ७२ हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् । चाडबाड लगत्तै नेपाली बढी विदेश जाने गरेको ट्रेन्ड देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?