+
+
Shares

महानगर मेरो पनि हो, केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १९:१९

१२ फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत खाली भएको ठाउँमा एक हप्ताभित्रै पठाउने बताएका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काठमाडौं महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खाली रहेको र अब केही दिनमै पठाउने प्रतिवद्धता जनाए ।

‘महानगर मेरो पनि हो । संघीय मामिला मन्त्रालयको त्यो एउटा कार्यालय हो । मेयर साब को हुनुहुन्छ, त्यो पछिको कुरा हो । काठमाडौं महानगर मेरो कार्यालय हो । त्यहाँ प्रमुख अधिकारी पठाउने काम मेरो हो,’ उनले भने ।

सहसचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आएको र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख खाली रहेका ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने उनले बताए ।

‘अब अहिले सहसचिवहरू लोकसेवा आयोगबाट बढुवा भएर आउनुभएको छ । उहाँहरूको तीन दिनको ट्रेनिङ बाँकी छ । अब पाँच, ६ दिनभित्र काठमाडौं महानगर लगायत प्रमुख प्रशासकविहीन भएका महानगर, उपमहानगरहरूमा पठाउँछौँ,’ मन्त्री गुप्ताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?