+
+
Shares

केयूको उपकुलपति सिफारिस गर्न समितिलाई सकस

फागुन २ र ३ गते सर्ट लिस्टमा परेका १० जनाको अन्तर्वार्ता लिएसँगै समितिले नाम सिफारिस गर्नुपर्ने हो । तर समितिका सदस्यबीच नै कसको नाम सिफारि गर्ने भन्नेमा सहमति जुट्न नसेको केयूका अधिकारीहरूको दाबी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १९:५३

१२ फागुन, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न समितिलाई सकस भएको छ । सर्ट लिस्टमा परेका १० जनाको अन्तर्वार्ता सकिएको पनि ९ दिन भयो तर समितिले नाम सिफारिस गरेको छैन ।

फागुन २ र ३ गते सर्ट लिस्टमा परेका १० जनाको अन्तर्वार्ता लिएसँगै समितिले नाम सिफारिस गर्नुपर्ने हो । तर समितिका सदस्यबीच नै कसको नाम सिफारि गर्ने भन्नेमा सहमति जुट्न नसेको केयूका अधिकारीहरूको दाबी छ ।

समिति संयोजकमा केयूका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्मा, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् ।

समिति सदस्यहरूले आफूले चाहे अनुसारका व्यक्तिको नाम सिफारिस गर्न खोज्दा ढिलाइ भएको केयूका अधिकारीहरू बताउँछन् । तर, समितिका सदस्यहरू यो विषयमा बोल्न चाहदैनन् ।

उपकुलपतिको दौडमा भोला थापा, राजेन्द्रप्रसाद कोजु, अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, राजेन्द्रप्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा छन् । यि १० जनाबाट तीन जनाको नाम छनोट गर्न समितिलाई सकस भएको हो ।

छनोट समितिका संयोजक शर्माले अनलाइनखबरसँग मेरिट र संस्थाको हितमा हुनेगरी उपकुलपतिको नाम सिफारिस गर्ने बताएका थिए ।

‘सिफारिस गर्ने एउटा आधार नम्बर नै हो । अर्को संस्थाको हितमा हेर्ने हो । संस्थाको हितलाई हेरेर मेरिटको आधारमै गर्ने हो । संस्थालाई बिगार्नु हुँदैन । संस्थाको हितलाई हेरेर सिफारिस गर्नुपर्छ,’ ६ फागुनमा शर्माले भनेका थिए, ‘दुई तीन दिनमा नाम सिफारिस गर्छौं ।’

संयोजक शर्माले नाम सिफारिस गर्ने भनेको पनि एक साता बितिसक्यो तर नाममा सहमति जुटेको छैन । समितिका तीन सदस्यले कसकसको नाम सिफारिस गर्न चाहेको हो त्यो खुलाउन चाहेका छैनन् ।

केयूको उपकुलपति छनोट प्रक्रिया यसपटक सुरुदेखि नै विवादमा परेको थियो । डाक्टरहरूले आवेदन दिन नपाउनेगरी कार्यविधि बनाएपछि संशोधन गरेर दोस्रो पटक आवेदन माग गरिएको थियो । समितिले १८ पुसमा उपकुलपतिका लागि खुला आह्वान गर्‍यो ।

सबैलाई समेट्न भन्दै १८ माघमा दोस्रो पटक पनि आवेदन माग गरियो । जसमा २० जनाको आवेदन परेको थियो । यसमध्ये १० जना सर्टलिस्टमा परेका हुन् । गत ६ माघदेखि उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?