+
+
Shares

झापामा ३ दिन पर्यावरण विमर्श, सोनाम वाङचुक पनि आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते ७:०१

१३ फागुन, विराटनगर । अध्ययनमा रुचि राख्ने युवाहरुको समूह रिडर्स झापाले फागुन १४–१६ गतेसम्म पर्यावरण विमर्श आयोजना गर्दैछ  । पाँचौं  संस्करणको ‘कला साहित्य उत्सव २०८१ : पर्यावरण विमर्श’ वक्ताका रुपमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी हुँदैछन् ।

यो कार्यक्रममा वक्ताको रुपमा भारतका चर्चित अभियन्ता सोनाम वाङचुक पनि सहभागी हुँदैछन् । वाङचुक तिनै व्यक्ति हुन्,जसको संघर्षमा आधारित रहेर थ्री इडियट्स फिल्म बनेको छ । यो फिल्ममा आमिर खानले वाङचुकको भूमिका निर्वाह गरेका छन् । कार्यक्रम संयोजक सागर शिवाकोटीका अनुसार वाङचुकको प्रस्तुति १६ फागुनमा हुनेछ ।

उनका अनुसार पर्यावरणको विषयमा आयोजना गरिएको बहस नेपालमा पहिलो पटक हो । पर्यावरण विमर्शका लागि रिडर्स झापाले गत वैशाखदेखि छलफल चलाएको थियो । तीन दिनसम्म पर्यावरण र जलवायु संकटसँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ । ‘पर्यावरणीय संकट र सामाजिक आन्दोलनका विषयमा रिडिङ सेमिनार गर्दै आएका थियौँ, उनले भने,‘ तयारीपछि कार्यक्रम आयोजना गर्दैछौं ।’

तीन दिनसम्म चल्ने उत्सवमा धनगढीकी नन्दादेवी कुँवर, चितवनका वीरेन्द्र महतो, भारत  लद्दाखका सोनाम वाङ्चुक, गोर्खाका उत्तमबाबु श्रेष्ठ, बिर्तामोडकी हर्कमाया विक, ताप्लेजुंगकी झुमा लिम्बु, भद्रपुरका निताई राजवंशी, इलामका केदार शर्मा, वीरगञ्जका चन्द्र किशोर, खोटाङका भोगीराज चाम्लिङ, सिलगढीका राजा पुनियानी, काठमाडौंकी अर्चना थापा, तेह्रथुमका सबिन निङ्लेखु, सिक्किमका मायल मित, कालिम्पोंगकी एलिएन फोनिङ्, कलकत्ताका देबल देव, रसुवाका गुरुङ सुशान्त, काँकरभिट्टाका छितेन शेर्पालगायत पर्यावरणको क्षेत्रमा सक्रिय अभियान्ता रहनेछन् ।

पहिलो दिन मुख्य वक्ताको रुपमा उत्तमबाबु श्रेष्ठ छन् । सोही दिन कन्चनजंगा टु बङ्गाल,साहित्यमा मान्छेको  अधिपत्य, संरक्षण कसले सकुदाय कि सरकार, सिर्जनाको प्रकृतिका विषयमा प्यानल छलफल हुनेछ ।

दोस्रो दिन कोलकाताका अभियान्ता देबल देव मुख्य वक्ताको रुपमा छन् । त्यसपछि कृषि: खाना कस्तो ? नाफा कति, विद्यालयको पर्यावरण, ससाना प्रलय सामना कसरी र राजनीतिको पर्यावरण विषयमा समूहमा छलफल हुनेछ ।

तेस्रो दिन बिहान १० बजेदेखि १ घण्टा वाङचुक मुख्य वक्ता छन् । त्यसपछि नगरको कहर,पर्यापर्यटन सम्भावनाको सागर, रैथाने ज्ञानको गहिराइ र कस्को धर्ती कस्को आकाश विषयमा प्यानल छलफल हुनेछ ।

हरेक दिनको छलफल पछि नाटक प्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?