+
+
Shares

शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना, स्वास्थ्य समस्या के हो ?

ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते ११:०२

१३ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन् । उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

स्रोतका अनुसार ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् । उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको थियो ।

उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्न छन् ।  नाक, कान, घाँटीको समस्या भने अहिले सुधार हुँदै गएको एक चिकित्सकले बताए ।

स्रोतले भन्यो, ‘सुरुको समस्या ईएनटीको थियो, त्यो सुधार हुँदै गएको छ । तर क्षयरोग पनि हुनसक्ने शंकामा थप परीक्षण गरिएको थियो ।’

क्षयरोगको रिपोर्ट नेगेटिभ आइसकेको स्रोतले बताएको छ । अहिले मन्त्री भट्टराई आराम गरिरहेकी छन् ।

आज बिहान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

स्वास्थ्य मन्त्रीको सचिवालय स्रोतका अनुसार उनको भोकल कर्डमा समस्या भएकाले बोल्न समस्या भएको छ । ‘डाक्टरले एक हप्ता नबोलेर रेष्ट गर्न भनेका छन्,’ स्रोतले भन्यो ।

– अद्यावधिक गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?