+

ललितपुर सिटी एफसीमा अनुबन्ध भए भुटानका कप्तान चेन्चो

२०८१ फागुन  १३ गते १०:०५ २०८१ फागुन १३ गते १०:०५
ललितपुर सिटी एफसीमा अनुबन्ध भए भुटानका कप्तान चेन्चो

१३ फागुन, काठमाडौं । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) २०२५ खेल्ने भएका छन्।

साविक विजेता ललितपुरले २८ वर्षीय ‘भुटानी रोनाल्डो’लाई एनएसएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो ।

उनी ललितपुरमा अनुबन्ध हुने तेसो विदेशी खेलाडी हुन्। यसअघि गोलकिपर जेफ्री बाल्टुस र हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट अनुबन्ध गरेको थियो ।

विंगर ग्याल्सेनले यसअघि मच्छिन्द्र फुटबल क्लबबाट २०७९ को ‘ए’ डिभिजन लिग फुटबल खेलेका थिए । सात खेल खेलेका उनले मच्छिन्द्रबाट एक गोल गरेका थिए। त्यसपछि घाइते भएका उनी स्वदेश फर्किए।

उनले भुटानी टोलीबाट १३ गोल गरेका छन्। उनीले यसअघि इन्डियन सुपर लिग (आइएसएल)मा केरला ब्लास्टर्स, बेंगलुरु र पञ्जाब एफसीबाट खेलिसकेका छन्।

चेन्चो ग्याल्सेन ललितपुर सिटी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय