+
+
Shares

सुनको भाउमा नयाँ रेकर्ड 

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते ११:३५

१३ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड बनेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य ५ सय रुपैयाँ बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । फागुन ८ गते पनि सोही मूल्यमा पुगेको थियो ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँमा रहेको चाँदी यस दिन १९७० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?