+
+
Shares

नारायणकाजीले भने- झापाको घटनाप्रति क्षमा चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १२:२२
फाइल तस्वीर

१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् ।

‘अलिकति त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई सामान्य घटनाकै रुपमा लिन अनुरोध गर्छु’, श्रेष्ठले भनेका छन् ।

हुलाकी राजमार्ग केन्द्रित अभियान उद्घाटन समारोहका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कार्यक्रम सञ्चालकप्रति रिसाएर थप नबोली मञ्चमा फर्किएका थिए । तर आज चितवन पुगेर श्रेष्ठले आफूबाट भएको व्यवहारप्रति माफी मागेका हुन् ।

‘जसलाई त्यस्तो नभए पनि हुन्थ्यो भन्ने परेको छ, जसलाई अलिकति चित्त दुखेको छ । ती सबैप्रति सकारात्मक धारणा राख्दै सार्वजनिक रुपमै क्षमा चाहना गर्न चाहन्छु’, श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?