+
+
Shares

ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १२:२८

१३ फागुन, काठमाडौं । ललितपुरमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२१ ठूलो खोकनाका ४९ वर्षीय भीमरत्न महर्जन छन् । ललितपुर महानगरपालिका–४ विष्णुदेवी मन्दिर नजिक सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले महर्जन सवार साइकललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते महर्जनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको हो । ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?