+
+
Shares

एञ्जाको नयाँ नेतृत्वमा कृष्ण तिवारी

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १३:१८

अस्ट्रेलिया । अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसन (एञ्जा) को नयाँ कार्यसमिति गठन भएको छ । क्यानबेरामा सम्पन्न वार्षिक अधिवेशनबाट कृष्ण तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

तिवारीले २५ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भए भने उनका प्रतिस्पर्धी नारायण खड्काले १८ मत ल्याए पाए ।

उपाध्यक्षमा माधवप्रसाद गैरे २२ मत ल्याएर निर्वाचित भए । अन्य प्रतिस्पर्धी प्रकाश हुमागाईंले १९ मत र सीता रसाइली विश्वकर्माले २ मत प्राप्त गरे ।

महासचिवमा गणेश भट्ट, सचिवमा तक्दिर अधिकारी, कोषाध्यक्षमा खगेन्द्र सत्याल, प्रवक्तामा मिलन दाहाल र सार्वजनिक अधिकारीमा कोम खत्री चयन भएका छन् ।

सदस्यहरुमा सरल गुरुङ, विनायक अधिकारी, गोपाल छन्त्याल र केदार रायमाझी निर्वाचित भएका छन् ।

अधिवेशनमा सरल गुरुङलाई ‘टीका कार्की सक्रिय पत्रकारिता पुरस्कार २०२५’ प्रदान गरिएको थियो । गुरुङ नेपाल ट्युबका सम्पादक हुन् ।

उनलाई अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव र संघीय सांसद डेविड स्मिथले संयुक्त रूपमा सम्मान गरेका थिए । पुरस्कार राशि १,००१ अस्ट्रेलियन डलर रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?