+

टाइब्रेकरमा दीप नायक बन्दा संकटा केपी ओली कपको सेमिफाइनलमा

२०८१ फागुन  १३ गते १३:५९ २०८१ फागुन १३ गते १३:५९
टाइब्रेकरमा दीप नायक बन्दा संकटा केपी ओली कपको सेमिफाइनलमा

१३ फागुन, काठमाडौं । संकटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा एपीएफ क्लबलाई टाइब्रेकरमा हराउँदै संकटा अगाडि बढेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा संकटाका गोलकिपर दीप कार्की नायक बने । उनले एपीएफको एक पेनाल्टी बचाउँदा लगत्तै विजयी पेनाल्टी स्कोर समेत गरे ।

एपीएफ क्लब झापाबाट खेलेर आज विहान मात्र काठमाडौं आएको थियो । वार्मअप नगरी मैदानमा उत्रिएको एपीएफ ९० मिनेटसम्म उत्कृष्ट प्रदर्शन गर्न सफल भएपनि टाइब्रेकरमा अभागी साबित भयो ।

संकटाले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्की एफसीसँग खेल्ने छ । आजै हुने अन्तिम क्‍वाटरफाइनलमा मच्छिन्द्र र ट्रान्सपोरट युनाइटेड खेल्ने छन् ।

केपी ओली कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय