
फाइल तस्वीर
१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लाइट जडान गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको प्राथमिकतामा पर्न नसक्दा टियू क्रिकेट ग्राउण्डमा लाइट जडान हुन नसकेको बताए ।
‘७ दलको ७ महिना लामो ७ बुँदे सम्झौताले बनेको सरकारले टियू क्रिकेट ग्राउण्डमा एउटा पनि लाइट जडान गर्न सकेन,’ उनले भने ।
टियू क्रिकेट मैदान सरकारको प्राथमिकतामा नपरेको भन्दै उनले अन्यत्र प्राथमिकता पर्नेमा विश्वास गर्न नसकिएको बताए ।
‘जनकपुरको रामजानी स्टेडियम त खै कहिले बन्ने हो ?,’ झाले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4