+
+
Shares

प्रधानमन्त्रीको विरोध गर्ने आशंकामा चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १५:१२
मेडिकल कलेजमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओली

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा पुगेर विरोध गर्ने आशंकामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा सम्बोधन गर्न प्रधानमन्त्री ओली पुगेका छन् ।

सोही कार्यक्रममा विरोध गर्ने भन्दै केही युवाहरूले सामाजिक सञ्जालमार्फत सूचना लेखेका थिए ।

सो सूचना पाएपछि अहिले चार जनालाई ‘होल्ड’ मा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले अनलाइनखबरलाई जानकारी दिए ।

‘अहिले हामीले चार जनालाई होल्डमा राखेका छौं,’ उनले भने ।

प्रहरी नियन्त्रणमा रहेनमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन् । प्रधानमन्त्री ओलीले मेडिकल कलेजमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?