१३ फागुन, काठमाडौं । धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग क्रिकेटको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको छ ।
टस समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष विक्रम बिस्टले जानकारी दिए ।
प्रधानमन्त्री कपको प्रदेश छनोटका लागि खेलाडीहरु बैतडी गएपछि खेलाडी अपुग भएर सेमिफाइनल छोड्नुपरेको गोदावरी नगरपालिकाको टिमका म्यानेजर रमेश कडायतले बताए ।
आजै दोस्रो सेमिफाइनलमा बाजुराको त्रिवेणी नगरपालिका र कञ्चनपुरको भिमदत्त नगरपालिकाका बीचमा भइरहेको छ । फाइनल खेल भोलि हुनेछ ।
प्रतिक्रिया 4