+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई फेरि भने ‘वृद्धाश्रम’, एमाले-माओवादीको आपत्ति (भिडिओ)

वैदेशिक लगानी सम्बन्धी ऐनले आम सञ्चारमा वैदेशिक लगानी ल्याउन नपाउने प्रावधान रहेको तर, आम सञ्चार विधेयममा आम सञ्चारमा वैदेशिक लगानी आउन सक्नेगरी खुला राखेको भनेर प्रश्न उठाए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १६:०९
फाइल तस्वीर

१३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलमा सांसद शाहीले राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकमा कमजोरी रहेको बताए ।

वैदेशिक लगानी सम्बन्धी ऐनले आम सञ्चारमा वैदेशिक लगानी ल्याउन नपाउने प्रावधान रहेको तर, आम सञ्चार विधेयममा आम सञ्चारमा वैदेशिक लगानी आउन सक्नेगरी खुला राखेको भनेर प्रश्न उठाए ।

यो विषयलाई राष्ट्रिय सभाले ख्याल नगरेको भन्दै सांसद शाहीले भने, ‘यत्तिसम्म पनि अध्ययन गरेर आउँदै भने हामीले वृद्धाश्रम नभनेर राष्ट्रिय सभालाई के भन्ने ?’

राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाए ।

‘संसदको रोष्ट्रममा बसेर राष्ट्रिय सभाबारे गरेको टिप्पणी गलत छ’ पाण्डेले भने । संविधान, कानुन अनुसारको अभिव्यक्ति नरहेको भनेर सभामुखको ध्यानाकर्षण गरे ।

सभामुखले ध्यानाकर्षण भएको बताएपछि माओवादी प्रमुख सचेतक पाण्डे बसे ।

तर, सांसद शाहीले पाण्डेलेलाई जवाफ दिए, ‘म प्रतिनिधि सभाको निर्वाचित सदस्य हो । मेरा विरुद्धमा राष्ट्रिय सभामा खेद प्रस्ताव पारित हुँदा तपाईंको ध्यान कहाँ थियो ?’

त्यसपछि नेकपा एमालेका सांसद रघुजी पन्तले सांसद शाहीको अभिव्यक्तिमा आपत्ति जनाए । सभामुखले रुलिङ गरिसकेपछि व्यक्ति केन्द्रित भएर अभिव्यक्ति दिन नहुने भनेर सांसद पन्तले बताए ।

सांसद शाहीले यसअघि पनि राष्ट्रिय सभाका सांसदहरूलाई ‘वृद्धाश्रम’ भनेका थिए । सो प्रति राष्ट्रिय सभा सांसदहरूले नै आपत्ति जनाएका थिए ।

सभामुख घिमिरेले सांसद शाहीलाई व्यक्ति केन्द्रित नभएर बोल्न भने ।

त्यसपछि सांसद शाहीले ‘राष्ट्रिय सभा विज्ञको सभा हुनुपर्नेमा राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र हुन पुगेको’ टिप्पणी गरे ।

‘राष्ट्रिय सभा विज्ञहरूको भर्ती केन्द्रका लागि बनाइएको हो तर, अहिले कार्यकर्ताको भर्ती केन्द्र भयो ?’

राष्ट्रिय सभामा ‘विज्ञ खै’ भनेर उनले प्रश्न गरे ।

‘कानुन विज्ञ खै ? अर्थ विज्ञ खै ? कुटनीतिक तथा परराष्ट्र विज्ञ खै ? चलचित्रको विज्ञ खै ? कृषि विज्ञ खै ? सञ्चार विज्ञ खै ? शिक्षा विज्ञ खै ? स्वास्थ्य विज्ञ खै ? आविश्कार तथा अन्वेष्ण विज्ञ खै ? सांस्कृतिक तथा पर्यटन विज्ञ खै ? पूर्वाधार तथा भौतिक विज्ञ खै ? सुरक्षा तथा रक्षा विज्ञ खै ?’

राष्ट्रिय सभामा विज्ञहरू नरहेको र राजनीतिक दलका कार्यकर्ता मात्रै रहेको सांसद शाहीको अभिव्यक्तिमा पनि एमाले सांसद पन्तले आपति जनाए ।

सभामुख घिमिरेले पन्तलाई बोल्न दिन त्यसपछि आफ्ना विषय भए राख्न सुझाए ।

सांसद शाहीले बोलिसकेपछि सांसद पन्तले ‘संसदलाई गलत जानकारी दिन नपाइने’ भन्दै आपति जनाए ।

सभामुख घिमिरेले दोहोरो छलफलमा नरहेको र वक्ताले बोलेको विषयमा आफ्नो समयमा आफ्नो तर्क राख्न सुझाए ।

जिम्मेवारीपूर्वक सांसदहरूले आफ्नो विषय राख्नुपर्ने भन्दै उनले सभालाई अगाडि बढाए ।

भिडिओ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?