+

सम्झना कप टेबलटेनिस : ललितपुर र ग्लोबललाई टिम स्वर्ण

२०८१ फागुन  १३ गते १७:४८ २०८१ फागुन १३ गते १७:४८
सम्झना कप टेबलटेनिस : ललितपुर र ग्लोबललाई टिम स्वर्ण

१३ फागुन, काठमाडौं । आयोजक ललितपुर टेबलटेनिस क्लब र ग्लोबल टेबलटेनिस एकेडेमीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको टिम इभेन्टमा मंगलबार स्वर्ण जितेका छन् । ललितपुर पुरूष तथा ग्लोबल महिलामा पहिलो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको पुरुष फाइनलमा ललितपुरले प्यासिफिकलाई ३–० ले पराजित गर्‍यो । ललितपुरको प्रशिक्षकमा निकेश जोशी र व्यवस्थापकमा सुमन शाक्य रहेका छन् । नेपाल प्रहरी क्लब र ग्लोबलले तेस्रो स्थानमा चित्त बुझाए ।

महिलाको फाइनलमा ग्लोबलले प्यासिफिक सेन्टर ‘ए’ लाई ३–१ ले हरायो । दार्जिलिङ टीटी एसोसिएसन र ललितपुर टेबलटेनिस क्लब तेस्रो बने ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०–१० हजार नगद पुरस्कार पाउने छन् ।

सम्झना कप टेबलटेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय