+
+
Shares

०८२ मा महाधिवेशन गर्न नसके चुनावपछि : शशांक कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १८:११

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन ०८२ सालमा हुन नसके चुनावपछि मात्रै गर्नुपर्ने विचार राखेका छन् ।

सोमबार धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको महेन्द्रनारायण निधिको स्मृत दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको मुखमा महाधिवेशन गर्दा पार्टीलाई घाटा हुने पनि बताए ।

‘आम चुनावभन्दा पहिला अधिवेशन गराएको राम्रो हो । चुनावको मुखमा अधिवेशन गराउँदा तिक्तता बाँकी हुने भएकाले घाटा हुन्छ,’ कोइरालाले भने, ‘२०८२ सालमा गराउन नसक्ने हो भने महाविधेशन २०८४ को चुनावपछि हुनुपर्छ । चुनावको मुखमा अधिवेशन गराउन हुँदैन ।’

डा कोइरालाले कांग्रेसमा देखिएको गग्रुपिजम महाधिवेशनमा मात्र सिमित राख्नुपर्ने बताए ।

‘पहिला देखि ग्रुपिजम थियो । यो गिरिजाप्रसादको ग्रुप यो किसुनजीको यो कोइरालाको यो देउवा, रामचन्द्रको हुँदा हुँदा प्रकाशमानको ग्रुप अहिले शशांकको पनि भन्न थालेका छन् । यो गर्न हुँदैन,’ कोइरालाले भने ।

पूर्वमहामन्त्री कोइरालाले नेपाली कांग्रेस सवैभन्दा गतिशील र चलायमान पार्टी भएको बताउदै अहिले मुलुकमा भएको सवै विकास कांग्रेसका कारण भएको दाबी गरे ।

कोइरालाले सुशाशन दिएर जनताको काम छिटो छरितो ढंगले हुने संरचना बनाएर युवाहरूमा आशा भर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?