+
+
Shares

नमस्ते ब्याण्ड शिवरात्रीमा काठमाडौं र पोखरामा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १७:५४

काठमाडौं । शिवरात्री अवसरमा चर्चित सांगीतिक समूह ‘नमस्ते ब्याण्ड’ पोखरा र काठमाडौंमा गुञ्जिने भएको छ । ‘महाशिवरात्री विश्वसंगीत महोत्सव २०२५’को अवसरमा ब्याण्डले काठमाडौंको एलओडी क्लब र पोखराको हल्लनचोकमा प्रस्तुति दिन लागेको हो ।

एलओडीमा बुधबार र पोखराको लेकसाइडस्थित क्याम्पिङ साइडमा शनिबार ब्याण्डले प्रस्तुति दिन लागेको हो । आयोजित पत्रकार सम्मेलनमा ब्याण्ड प्रमुख इश्वर गुरुङले ब्याण्डको ३६ औं वर्षगाँठ र शिवरात्रीको अवसरमा प्रस्तुति दिन लागेको जनाए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय ब्याण्डसहित नेपाली हिपहप कलाकार, पोखरेली कलाकार, भ्वाइस अफ नेपालसँग सम्बद्ध कलाकार र लोकगन्धर्व क्षेत्रका कलाकारले समेत प्रस्तुति दिने जनाइएको छ ।

प्रत्येक ५ वर्षमा आयोजना हुने महोत्सव पछिल्लोपटक कोभिड १९ महामारीले प्रभावित बनेको थियो । ‘यसपटक पनि महोत्सवलाई भव्य तुल्याउने योजनामा छौं’ गुरुङले भने ।

साथै नमस्ते कल्चर स्टुडियो आफ्नै भवनमा अत्याधुनिक प्रविधि र सुविधा सम्पन्न नमस्ते सांगीतिक प्रतिष्ठान संचालनमा ल्याउन लागिएको समेत जानकारी दिइयो । प्रतिष्ठानमा संगीत विषयमा उच्च शिक्षाको पठनपाठन हुने समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?