+
+
Shares

भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरू नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १८:१०

१३ फागुन, काठमाडौं । भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्षहरू नेपाल आएका छन् । नेपाली सेनाको निमन्त्रणमा उनीहरू सोमबार नेपाल आएका हुन् ।

महाशिवरात्रि एवं नेपाली सेनाको स्थापनाको २ सय ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनीहरू नेपाल आएका हुन् ।

जंगीअड्डाका अनुसार जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), जनरल दीपक कपुर (अ.प्रा.), जनरल (डा.) विजय कुमार सिंह (अ.प्रा.), जनरल दलवीर सिंह सुहाग (अ.प्रा.), जनरल (डा.) मनोज मुकुन्द नरवणे (अ.प्रा.) र जनरल मनोज पाण्डे (अ.प्रा.) नेपाल आएका हुन् ।

उनीहरुले विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?