
१३ फागुन, काठमाडौं । अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट–२ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४ वर्षीय वीरेन्द्र खड्का छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट सोमबार पक्राउ गरेको हो ।
बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै उनीहरूले १ करोड ४४ लाख ५० हजार रुपैयाँ उठाएर ठगी गरेको आरोप छ ।
पक्राउ परेकाहरूलाई ठगीको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4